काठमाडौं– गुजरात टाइटन्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको लेखमा कोलकता नाइटराइडर्सलाई आठ रनले पराजित गर्दै गुजरात शीर्षस्थानमा पुगेको हो ।
गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाउन सक्यो । उसका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रन बनाए । रिङ्कु सिंहले ३५ रनको योगदान दिए । वेंकटेस अयरले १७ रन बनाए भने कप्तान श्रयस अयरले १२ रनको पारी खेले । कोलकतालाई सस्तैमा समेट्ने क्रममा गुजरातका मोहमद सामी, यश दयाल, रसिद खानले समान दुई–दुई विकेट लिए । लुंगी फर्गुसन र अलजारी जोसेफले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै डेभिड मिलरले २७ रन बनाए भने ओपनर ऋद्धिमान साहले २५ रनको योगदान दिए । कोलकताका लागि आन्द्र रसेलले सर्वाधिक चार विकेट लिए ।