काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।
सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।