काठमाडाैं - आजबाट ‘प्रभाव दैनिक’ ले आठ वर्ष पुरा गरेर नवौँ वर्षको यात्रामा प्रवेश गरेको छ । यो यात्रामा माया, साथ र सद्वभावका लागि हाम्रा आदरणीय पाठक वर्ग, विज्ञापनदाता, वितरक र शुभेच्छुक सबैको ऋणी भएका छौँ।
सामाजिक संञ्जालको युगमा सञ्चार माध्यम निकै नै चुनौतीपूर्ण र प्रतिस्पर्धी बनिरहेको बेला छापा माध्यमको सबैभन्दा ठूलो पुँजी विश्वसनीयता नै हो र हामी त्यसलाई गुम्न नदिने सम्पुर्ण पाठक वर्गमा विस्वस्त गर्न चाहन्छौँ ।
वैकल्पिक पत्रिका मात्र नभई वैकल्पिक पत्रकारिताको हाम्रो यस पाइलालाई थप अगाडि लैजादै आगामी दिनमा पनि कमजोर हुन दिने छैनाैं । हामी सबैलाई थाहै छ कोभिड महामारीले सबैभन्दा बढी अप्ठ्यारो छापा पत्रकारितालाई पारेको छ ।
तर हाम्रा पाठक वर्गलाई थाहै छ ती अप्ठ्यारा दिनमा पनि ‘प्रभाव दैनिकले’ले कहिल्यै हात उठाउन चाहेन र अबका दिनमा पनि उठाउने छैन । यो अवस्था पार गर्दा सम्म हाम्रा पाठक वर्गले दिलाउनु भएको विस्वासप्रति प्रभाव दैनिका सम्पुर्ण टिम आभारी छौँ ।
आगामी दिनमा हामी अझ बढी पाठकमैत्री हुने विश्वास सम्पुर्णमा दिलाउन चाहन्छौँ । पाठकले हामीबाट चाहेको जिम्मेवारीबाट हामी बाट हटन दिने छैनौँ । शुभकामना दिनुहुने सम्पूर्णमा धन्यावाद दिन चाहन्छाैं ।
प्रकाशक :
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको उदयस“गै हामी आम पाठकमाझ आएका थियौं । राजनीतिक परिवर्तन आए पनि मुलुकमा रोजगारीको अवसर अभावमा युवाहरू आक्रान्त थिए । त्यही कारण वैदेशिक रोजगारीमा जाने लहर बढ्दो थियो ।
तर वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित हुन सकेको थिएन । जसकारण रोजगारीका लागि विदेशिन बाध्य युवाहरू विभिन्न समस्याबाट गुज्रिरहेका थिए । त्यही अवस्थाबीच ‘प्रभाव पब्लिकेशन प्रालि’ अन्तर्गत ‘प्रभाव दैनिक’ प्रकाशनमा आएको थियो ।
वैशाख ११ अर्थात् आजैका दिन सुरु भएको हाम्रो यात्रा आज आठौ“ वर्ष पूरा गरी नवौ“ वर्षमा प्रवेश गरेको छ । मुलुकको अर्थतन्त्र सवल नभइसकेको सन्दर्भमा वैदेशिक रोजगारलाई केन्द्रित गरेर दैनिक पत्रिका प्रकाशन गर्नु आफैंमा चुनौती थियो । तर, हामीले उक्त चुनौतीलाई स्वीकार गर्दै यात्रा सुरु गरेका थियौं ।
नवौ“ वर्षसम्म आइपुग्दा हामीले २०७२ को विनासकारी भूकम्प, पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीलगायत विभिन्न समस्या झेल्यौं । प्राकृतिक विपत्ति र महामारीबाट निम्त्याएको आर्थिक संकटमा पनि हामीले आफ्नो प्रकाशनलाई निरन्तरता दियौं । यो अवधिमा आफ्नो लक्ष्यबाट विचलित भएनौं । पत्रकारिताको सिद्धान्त र आचारसंहितालाई पूर्णरूपमा आत्मसात् गरेर अगाडि बढेकै कारण हामीले आम पाठकको विश्वास जित्न सकेको हाम्रो ठहर छ ।
हाम्रो प्रकाशन ‘प्रभाव दैनिक’को यस यात्रामा आदणीय पाठक, विज्ञापनदातालगायत विभिन्न क्षेत्रबाट प्राप्त साथ, समर्थन तथा हौसलाको हामी ऋणी छौं । त्यसैगरी, निष्पक्ष र तटस्थ पत्रकारितालाई निजी क्षेत्रमा स्थापित गराउनमा सामूहिक रूपमा सहयोग पु¥याउनुहुने सिर्जनशील पत्रकार, लेखक, लगनशील कर्मचारी, इमान्दार वितरक, शुभेच्छुक एवं सहयोगी सबैप्रति आभारी छौं ।
पछिल्लो समयमा विकसित भएको प्रविधिलाई पछ्याउ“दै छापा माध्यमलाई परिमार्जन गरी समयनुकूल पाठकको चाहनाअनुसार सामग्रीहरू प्रकाशन गर्दै आएका छौं । साथै, अनलाइन संस्करण ‘प्रभाव अनलाइन डटकम’ तथा ‘प्रभाव टेलिभिजन’मार्फत पनि पाठक÷दर्शकसमक्ष सूचना प्रवाह गरिरहेका छौं । देशमा भएका अनियमितता र भ्रष्टाचारको उजागर गर्दै सबैलाई सूचित गर्ने कार्यमा हामी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौ“ । यस कार्यमा अहोरात्र सहयोग गर्ने सबैमा प्रभाव पब्लिकेसन प्रालिको तर्फबाट हार्दिक धन्यवाद दि“दै सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १२:४२