आज वैशाख ११ । वैशाख ११ भन्नेबित्तिकै धेरै सोच्नै पर्दैन, देशमा लोकतन्त्र स्थापना भएको दिन । १९ दिन लामो कठिन र संघर्षपूर्ण जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्रात्मक व्यवस्था अन्त्य भएको दिन हो, वैशाख ११ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’त् वक्तव्य जारी गर्दै जनताको शक्तिसामु घुँडा टेकेका थिए । त्यसपछि नेपालमा २४० वर्षसम्म चलेको राजतन्त्रात्मक व्यवस्था ढल्ने आधार बन्यो । देश संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापनाको दिशातर्फ अघि बढ्यो ।
त्यसकारण भन्न सकिन्छ, दोस्रो जनआन्दोलन राजतन्त्र अन्त्यको मियो मात्र थिएन, १० वर्ष लामो समय चलेको माओवादी सशस्त्र युद्धको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्थानबिन्दु पनि थियो । आज देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष भयो । लोकतन्त्रको जगमा गणतन्त्र स्थापना भएको १४ वर्ष भयो । यसबीचमा दुईपटक संविधानसभाको निर्वाचन भयो । संविधान जारी भयो । देश संघीयतामा प्रवेश ग¥यो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । र, देश फेरि दोस्रोपटक स्थानीय तह निर्वाचनको संघारमा छ ।
नेपालको राजनीतिक परिवर्तनमा जनताले महŒवपूर्ण योगदान गरेका छन् । त्यो २०४६ सालको पहिलो जनआन्दोलनमा होस् या २०६२/६३ को दोस्रो जनआन्दोलन । माओेवादी सशस्त्र युद्ध वा मधेस आन्दोलन नै किन नहोस् । जनताको त्याग, बलिदान र सहभागिताबाट मात्रै यी आन्दोलन सफल भएका हुन् । परिवर्तन सम्भव भएको हो ।
वास्तवमा जनता नै परिवर्तनका संवाहक हुन्, परिवर्तनका खम्बा हुन् र परिवर्तनका हकदार हुन् भन्ने यसले पनि पुष्टि गर्छ । जनता नहोमि“दा हुन् त राजनीतिक दलको शक्तिले मात्र यस्ता परिवर्तनहरू सम्भव हुने थिएनन् । त्यसकारण आन्दोलनपछिको परिवर्तनको पहिलो हकदार जनता नै हुन् । परिवर्तनका लागि लडेका दलले, लडाइ“का लागि आह्वान गरेका दलले जनतालाई पहिलो प्राथमिकता दिनु उत्तम हो । आजको दिन जनताका लागि महाउत्सवको दिन हो ।
तर, दुःखका साथ भन्नुपर्ने हुन्छ, विभिन्न परिवर्तनका लागि रगत, पसिना बगाएका जनताहरूले त्यसको खास उपयोग गर्न पाएनन् । अहिले पनि जनआन्दोलनमा लागेकाहरूले घाइते, अपांग जीवन बाँचिरहेका छन् । मृतकका आफन्तले राज्यको आडभरोसा पाउन सकेका छैनन् । उस्तै पीडा छ माओवादी आन्दोलनमा लाग्नेहरूको । हजारौंले आफन्त गुमाए । सयौं बेपत्ता छन् । अझ कहालीलाग्दो कुरा त हिजो माओवादी आन्दोलनमा सहभागी भएर लडेका कैयौं लडाकूहरू अहिले खाडीको तातो घाममा रगत, पसिना बगाइरहेका छन् । उनीहरूले देखेका सपना, देखाइएका सपना फगत मृगतृष्णा बन्न पुगेका छन् ।
यी परिवर्तनको फाइदा केही सीमित व्यक्तिले लिए । हिजो स्वर्णिम सपना देखाउनेहरूले त्यसलाई भुलेका छन् । जसले गर्दा परिवर्तनका लागि लडेकाहरूमा पीडा छ । वितृष्णा छ । पश्चाताप छ । आज कुनै पनि नेपाली नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न पाउने वातावरण बन्नुमा ती महान हस्तीहरूको योगदान छ । जसले आफ्नो प्राणको आहूति दिए । जसले अहिले पनि घाइते, अपांग जीवन बाँचिरहेका छन् । यसर्थ, उनीहरूलाई कुनै हालतमा अपमान गरिनु हुन्न ।
उनीहरूको योगदानको अवमूल्यन गरिनुहुन्न । सलाम छ ती तमाम योद्धाहरूलाई, जसका कारण एउटा कालो युगको अन्त्य भयो, स्वर्णिम युगको सुरूआत भयो । जसले परिवर्तनको विगुल फुके । सम्मान छ ह्दयदेखि नै । सबैलाई शुभकामना छ लोकतन्त्र दिवसको ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १३:०५