भारत — भारतमा शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका नयाँ संक्रमित थपिएका छ । यस सँगै यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच लाख २२ हजार १९३ पुगेको छ ।
यहाँ अझै पनि सक्रिय सङ्क्रमित १५ हजार ८७३ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ७५५ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।