काठमाडौं । नेपालमा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी यो अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने आज कसैको निर्धन नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा २ सय ६९ सक्रिय संक्रमित रहेका छन् ।