काठमाडाैं - महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट दिने भएकाे छ ।
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइ भुक्तानी छुट दिने भएकाे हाे ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बताएकाे छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैकले जनाएकाे छ ।