काठमाडाैं - एनआईसी एशिया बैंकले अनलाईनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा छुट उपलब्ध हुने योजना ल्याएको छ ।
गतिशील बैंकिङकाे अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा ग्राहकलाई रू. ५,००० सम्मको विभिन्न मर्चेन्टहरुमा आकर्षक छुट योजना उपलब्ध हुने योजना बैंकले ल्याएको हाे ।
जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएकाे छ ।
यसका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ ।
यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुने बैंकले जनाएकाे छ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
यस बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको बैंककाे दाबी छ ।