काठमाडौं— चालू आवको पहिलो नौ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पाँच अर्ब ५६ करोडको स्याउ आयात
विभागका अनुसार चालू आवको चैत मसान्तसम्म रु पाँच अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको छ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।
स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट मात्र चार अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ ।
एक अर्ब बढीको अङ्गुर आयात
चालू आवको चैत मसान्तसम्म एक अर्ब ६४ करोड ६५ लाख २४ हजारका दुई करोड ४० लाख आठ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु आठ करोड ३४ लाख ६२ हजारर राजस्व सङ्कलन गरेको जनाइएको छ ।
केरा आयातबाट एक अर्ब ३१ करोड बाहिरियो
नेपालीले नौ महिनाका अवधिमा रु एक अर्ब ३१ करोड १८ लाख एक हजार बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल चार करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु १३ करोड ६९ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै रु एक अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको दुई करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ ।
त्यस्तै चैत मसान्तसम्म ९७ लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब एक करोड ८४ लाख ७६ हजार रकम बाहिरिको छ ।
खरबुजा एक करोड तीन लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ ।
सो खरबुजाको आयात मूल्य रु २७ करोड ४३ लाख १४ हजार बराबर छ ।
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आवको नौ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य मात्रै रु १६ करोड ५२ लाख २६ हजार बराबर छ ।
नास्पाती १९ लाख ६६ हजार १९ केजी रु १३ करोड ५० लाख ६७ हजार बराबरको आयात भएको छ । भुँइकटहर २३ लाख ६४ हजार ६६६ किलो रु १० करोड ६० लाख ९१ हजारको आयात भएको छ ।
व्यावसायिकरुपमा खेती गर्न सकिने किबी एक लाख ९६ हजार ७२ किलो आयात भएको छ । त्यसको आयात मूल्य रु चार करोड ६३ लाख ७३ हजार आयात मूल्य देखिन्छ ।
एक लाख ५६ हजार ४५९ किलो एभोगाडो रु चार करोड ३८ लाख ३६ हजार बराबरको आयात भएको छ ।