काठमाडौं — आफ्नै ३० वर्षीया श्रीमती अस्मिता चौधरीको हत्या गरेको अभियोगमा श्रीमान प्रकाउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका— १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका— ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीय मानिसहरुले फेला पारेका थिए ।
घाइतेको शुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।