सुडान — सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ ।
सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार दुई जातीका बीचमा हिंसात्मक झडप भएको थियो ।
झडपमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको आधिकारिकहरुले जनाइएको छ ।
तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको थियो ।
स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन् ।
सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ । सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन् ।