काठमाडाैं - सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा जुटेका छन् ।
आइतबार नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका राईले साेमबार बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् ।
जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् । राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय पत्रकारिता गरेको अनुभव रहेकाे छ ।
उनले उम्मेदवारी दिएको गाउँपालिका यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले निर्वाचन जितेको थियो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भएका थिए ।