काठमाडाैं - नेपालको पहिलो र एक मात्र टाईल्स उत्पादन गर्ने नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत नेपोभिट टाईल्स बजारमा सार्वजनिक भएकाे छ ।
नेपालमै आकर्षक र गुणस्तरीय टाईल्स नेपाली सर्वसाधारणलाई उपलब्ध गर्ने सोचसहित शुक्रबार हायात रेजेन्सी, काठमाडौँमा महानायक राजेश हमाल तथा देशभरिको डिलरको उपस्थितिमा नेपोभिट टाईल्स सार्वजनिक गरेकाे हाे ।
विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाईल्सको स्थापना भएको हो। उद्घाटन समारोहमा महानायक राजेश हमालले आफु नेपोभिट टाईल्सको सदभाव दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाईल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक कारखानाको बारेमा चर्चा गरे।
नेपोभिट टाईल्स विश्व प्रतिष्ठित Italian technology को साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका कम्पनिकाे भनाइ छ। फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा पनि उपलब्ध रहेकाे बताएकाे छ । यस टाईल्सका विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिने जनाइएकाे छ ।
समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाईल्सको अध्यक्ष शम्भुनाथ शाहले, " नेपालमै टाईल्स उत्पादन गरेर देशभित्रको माग पुरा गर्दै विदेशी टाईल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच हो ।“तस्मै थप्दै नेपोभिट टाईल्सको निर्देशक मनोजप्रसाद रौनियारले भने, "नेपाली जनतालाई रोजगारीको अवसर दिने दृष्टि र नेपाली डिजाइनमै टाईल्सहरु उपलब्ध गराउनेछौं । "
सन् २०२२ मा स्थापना भएको नेपोभिट टाईल्सको कारखाना दक्षिणी नेपालको तराइ क्षेत्र अन्तर्गत बारा जिल्लाको जीतपुर उपमहानगरपालिका वडा न. ८ मा अवस्थित छ।
नेपालमा अत्यधिक मात्रामा टाईल्स प्रयोग भए पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ तर नेपाली कम्पनीहरूको आगमनले यो प्रक्रिया घट्दै गरेको छ । आफ्नै माटो, आफ्नै शान भनेर नारा लगाउदै नेपोभिट टाईल्सले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली बजारमा बिस्तारै आफ्नो पकड लिन थालिसकेको छ।