एजेन्सी— विश्वकै सबैभन्दा जेष्ठ नागरिक काने ताकानाकोको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उनको जन्म सन् १९०३ मा भएको हो ।
उनी जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएका थिए । स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेका उनको चार सन्तान रहेको छ ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो ।