ललितपुर — गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो ।
जस कारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।