काठमाडौं - गरिमा क्यापिटल लिमिटेडको छैटाैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो । उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल भएको जानकारी गराएकाे छ ।
१. छलफलका विषयहरु
क) सामान्य प्रस्ताव
- आ.व. २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने,
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु ११,८१,००,०००।०० (अक्षरेपीः रु एघार करोड एकासी लाख मात्र) को १५.६५ प्रतिशतले हुन आउने रकम रु १,८४,८३,८९५।९३ (अक्षरेपीः रु एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
ख) विशेष प्रस्ताव
- यस कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक (क्ष्ककगभ ःबलबनभच), शेयर रजिष्ट्रार (च्भनष्कतचबच तय क्जबचभक) एवं सामूहिक लगानी कोषको डिपोजिटरी (म्भउयकष्तयचथ या ःगतगब िँगलम) को रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप÷संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने ।
- प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग) विविध
उक्त सभामा प्रस्तुत गरिएका उपरोक्त बमोजिमका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिको निर्णयबाट पारित भएका छन् ।
लिमिटेडका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि उम्मेदवारी दर्ता गरेका ५ जना पदाधिकारीहरुमा दिपक पाण्डेय ,रमाकान्त बराल,यादवकुमार श्रेष्ठ,माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ निर्विरोध सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिएका छन् ।
साथै सभामा देहाय बमोजिमका पदाधिकारीहरु लगायत गरिमा क्यपिटल लिमिटेडका शेयरधनीहरु, अन्य अतिथि वर्ग, कर्मचारीहरु तथा पत्रकार मित्रहरुको उल्लेख्य सहभागिता रहेकाे लिमिटेडले जनाएकाे छ ।