काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचन–२०७९ को लागि घोषणा पत्र सार्वजनिक गर्दै प्रतिस्पर्धाको आधारमा पूर्ण अधिकारसहित करार अवधि रहने गरी सबै विद्यालयमा जवाफदेहिता सहितको प्रधानाध्यापकको व्यवस्था गरिने प्रतिबद्धता जनाएको छ ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अमूल्य मतद्वारा विजयी गराए सबै विद्यालयमा जवाफदेहिता सहितको प्रधानाध्यापकको व्यवस्था गरिने प्रतिबद्धता जनाएको हो ।
त्यसैगरी कांग्रेसले प्रधानाध्यापकको क्षमता अभिवृद्धिका लागि सेवा प्रवेश र सेवा अवधिभर नेतृत्व, क्षमता विकास, व्यवस्थापन, तथा शिक्षण पद्धतिको तालिमको व्यवस्था गर्ने पनि जनाएको छ ।