नेपालगन्ज–निधन भएको शिशुलाई गाड्नै लाग्दा अचानक रोईन् भनेर भन्दा कसैलाई पत्यार लाग्दैन । तर यहि अपत्यारिलो घटना घटेको छ –नेपालगञ्ज–१७ स्थित मसानघाटमा ।
पहिलो सन्तान खेर गएको भन्दै धारेहात लगाईरहेका रुकुमका दुई दम्पति यो घटनाबाट खुसीले उत्साहित बनेका छन् भने बालिकाले जीवन पाएकि छिन् ।
घटना यहि बिहीबारको हो, रुकुम चौखावाङ–७ का गोपाल खड्का र भावना खड्का आफन्त भेट्न बाँकेआएका थिए, भावना गर्भवति थिईन् । उनी गर्भवति भएको आठ महिना भएको थियो । महिना नपुग्दै समस्या होला भन्ने उनलाई लागेन र उनी श्रीमानसँगै घुम्न र आफन्त भेट्न यता आएकि थिईन् ।
आफन्त भेटेर उनीहरु शुक्रबार घर फर्किदै थिए । त्यहि क्रममाभावनालाईव्यथाले च्याप्यो । बसपार्ककै एक मेडिकलमा देखाउँदा–देखाउँदै बच्चा जन्मिईहाल्यो । बच्चाको अवस्था बारे बुझ्न मेडिकल सञ्चालकको सल्लाहमा उनीहरु भेरी अञ्चल अस्पताल तर्फ लागे तर अस्पतालले उनीहरुको कुरा सुनेनन्, झन्डै एक घन्टा अस्पताल बस्दा पनि कसैले कुरा नसुनेपछि बच्चाको अवस्था गम्भिर बन्यो, श्वास फेर्न छाडेको, नाडी नचलेको जस्तो लाग्यो –श्रीमान गोपालले भने– ‘बच्चा मरिसकेको ठानेर मसानघाट लग्यौं।’
मसानघाटमा गएर खाल्डो खन्दै गर्दा बच्चा कराएको आवाज आएपछि हामी छक्क पर्यौं, त्यसपछि खुसीको सिमानैं रहेन –उनले भने ।
बच्चा गाड्ने तयारीमा रहेका अन्य युवाहरुले दम्पतिको चालचलनको शंका गर्दै वडा प्रहरी कार्यालयमा फोन गरेर प्रहरीको जिम्मा लगाइदिए। प्रहरीले उनीहरुलाई भेरी अञ्चल अस्पताल पुर्याएर आमा र शिशुलाई भर्ना गरायो ।
अस्पतालका अनुसार आमा भावनाको अवस्था सामान्य भइसकेको छ भने नवजात शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३ ०६:३१