काठमाडौं - गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्घता गर्दै नेपालगंजमा महालक्ष्मी बैंकको शाखा स्थानान्तरित गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै मंगलबार महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा हाल रहेको स्थान नेपालगंज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको हो ।
आयाजित एक विशेष कार्यक्रमकामा उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगंज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र बैंकका सञ्चालक दिपक रौनियरले गरेका हुन् ।
शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाह?को बाक्लो उपस्थिति रहेको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारेका छन् । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दु?स्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाएका छन् ।