काठमाडौं — अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् ।
उनले केही दिन अगाडि नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग गोप्यरुपमा विवाह गरेकी थिइन् ।
वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् ।
अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किएको निकटस्थहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ ११:००