काठमाडौं — सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराएका हुन् ।
‘हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,’ निर्णयमा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १५:२५