एजेन्सी । दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरको जात्रामा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ ।
रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्दार सेवाका अधिकारी भानु प्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाईभोल्टेजको तारसँग छोइएको थियो ।
सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १६:२९