काठमाडाैं - नेपाली संगीत क्षेत्रको सम्वृद्धिको लागि संघर्सरत नाम दिनेश श्रेष्ठको प्रस्तुतिमा चकचके सार्वजनिक भएको छ । श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर बजारमा बाल्यकालकाे निकै स्मरणयोग्य हुने गीत दिनेश श्रेष्ठले चकचके दिनेश श्रेष्ठ नामको युट्युब च्यानलमार्फत भिडियोलाई सार्वजनिक गरेका हुन् ।
नुवाकोट स्थायी घर भएका र हाल काठमाडाैंमा रहेर दिनेशले यस अघि बाल छैन मा कसम, उलुलु, सुनन मोया, बरै, सुन सरकार, गैरी पिपल, मुखमा हान्दिने, लगाएत गीत ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
यस्तै आएको उनको माथि उल्लेखित गीतमा लय स्वयम् ले भरेका हुन् भने शब्द जयराम सापकोटाको रहेको छ । गीतमा दिनेश श्रेष्ठ र लक्ष्मी बिस्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिवनका सबै क्रियाकलापहरुलाई गीतको माधुर्यताबाट छर्लंग पारिएको यस गीतको म्युजिक भिडियोमा अनु पराजुली, आयुष्मा कार्की, निरेश कार्की, अरुण सापकोटा, बाल कलाकार आयुष पण्डित, कृषा गिरी, शिवान्सी भट्टराई र सामिप्य भट्टराईको आकर्षक अभिनय देख्न सकिन्छ ।
चकचके बोलको गीतलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन सतिश श्रेष्ठले गरेका छन् । अन्य प्रस्तुति जत्तिकै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनेमा निर्माण युनिटले ढुक्क भएको बताएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १७:४८