काठमाडाैं - गुणस्तरिय सेवा प्रदान गर्न महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूरमा शाखामा स्थानान्तरित गरेकाे छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले बुधबार राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण गरेको हाे ।
आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र यस बैंकका सञ्चालक दिपक रौनियारले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएका महानुभावहरुलाई यस बैंकका सञ्चालक श्री दिपक रौनियारले कृतज्ञता ज्ञापन गरे ।
बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ २०:२३