काठमाडौं— गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई जबरजस्ती करणी गरी फरार रहेको ३५ वर्षीय सागर शाहीलाई प्रहरीले प्रकाउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका—२ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका—२ मोतिपुर ठेगाना भएका शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १३:३८