काठमाडौं - आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जुन दोस्रो सातादेखि अमेरिकामा हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानको सामना गर्ने भएको छ । उक्त खेल आगामी २६ जेठ (९ जुन) मा हुनेछ । यो सिरिजपछि ओमानले खेल्ने यस सिरिजअन्तर्गतका सबै खेलसमेत पूरा हुनेछ । खेल तालिका अनुसार जेठ २८ (जुन ११) मा नेपालले अमेरिकास“ग खेल्नेछ ।
त्यस्तै जेठ ३१ (जुन १४) पुनः ओमानसँग खेल्नेछ भने अन्तिम खेलमा पुनः अमेरिकासँग १ असार (जुन १५) मा खेल्ने तालिका छ ।यो सिरिजअन्तर्गत सबै टोलीले ३६ खेल खेल्नुपर्ने हुन्छ । सिरिजमा नेपालले अहिलेसम्म १२ वटा खेल खेलिसकेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेल खेलिसकेको छ । उसले ३२ खेलमा १९ जितका साथ ३८ अंक बनाएको छ । नेपालले १२ खेलमा छ खेलमा जित निकाल्दै १२ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । यो सिरिजको अर्को टोली अमेरिका भने १६ खेलमा सात मा जितका साथ १४ अंक जोड्दै पा“चौं स्थानमा छ ।
विश्व लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हु“दा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुने सम्भावना रहेको छ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।
यो सिरिजपछि नेपाली टोली उतैबाट स्कटल्याण्ड भ्रमण गर्ने तयारीमा रहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच हुने सिरिजका लागि नेपाल स्कटल्याण्ड जानेछ । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न पाउने छन् । बाँकी चार टोलीले ‘प्ले अफ’ खेल्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १४:५१