काठमाडौं - युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ । सेमिफाइनलको पहिलो लेगको खेलमा रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग ४–३ गोल अन्तरले पराजित भएको हो ।
सिटीलाई घरेलु मैदान इतिहाद रंगशालामा जित दिलाउनका लागि केभिन डे ब्रुयना, ग्याब्रिएल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक/एक गोल गरे । यता युरोपको सर्वाधिक सफल टोली रियलका लागि करिम बेञ्जमाले दुई र भिनिसियस जुनियरले एक गोल फर्काए पनि टोलीको हार टार्न भने सकेनन् ।
खेलको अधिकांश समय बल आङ्खनो पकडमा राख्न सफल भए पनि भ्रमणकारी टोली रियले सिटीको तुलनामा कम आक्रमण गरेको थियो । घरेलु टोलीले बल पोजेसनमा कम भए पनि आक्रमण भने धेरै नै गरेको थियो ।
खेलको दोस्रो मिनेटमा नै डे ब्रुयनाको उत्कृष्ट गोलमा अग्रता लिएको सिटी ११औं मिनेटमा जेससको गोलमा अग्रता दोब्बर बनाएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको ३३औँ मिनेटमा बेञ्जमाले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफको सुरुआतमा फोडेनले गोल गर्दै सिटीलाई पुनः दुई गोलको अग्रतामा पु¥याएका थिए । त्यसको दुई मिनेटपछि नै भिनिसियसले गोल गर्दै अग्रता एक गोलमा झार्न सफल भएका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा सिटीका लागि सिल्भाले गोल गर्दै अग्राता ४–२ मा पुर्याए।
तर खेलको अन्त्यतिर सिटीका डिफेन्डर एमेरिक लापोर्टले पेनाल्टी क्षेत्रभित्र बललाई हातले छुन पुगेपछि रियलले पेनाल्टीको अवसर पायो र त्यसमा बेञ्जमाले गोल गर्दै अन्तर कम गरेको थियो । तर, त्यसपछिको समयमा गोल गर्न नसक्दा पहिलो खेलको नतिजा सिटीलाई सुम्पिन बाध्य भयो । अब दोस्रो लेगको खेल अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १४:५८