काठमाडौं - कराँते सहायक प्रशिक्षक दिनेश पुरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
बुधबार राष्ट्रिय खेलकुद परिषद्मा श्रद्धाञ्जलिसभाको आयोजना गरी स्वर्गीय पुरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राईलगायत प्रशिक्षक र कर्मचारीहरुले स्व. पुरीको तस्बिरमा अबिर तथा फूल चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
पुरीको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । २०६१ भदौ १ गते परिषद्को सेवामा प्रवेश गरेका पुरी सुर्खेत जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । क्यान्सर रोगस“ग जुधिरहेका स्व. पुरीको ५१ वर्षको उमेरमा वैशाख २ गते निधन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १५:००