सिन्ह्वा– इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको छ।
इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको जानकारीहरुले बताएका छन् ।
यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।
सो विवादपछि यहाँको एक जातीका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका बताइएको छ ।
सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ ।
उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १५:२८