काठमाडाैं - साताको अन्तिम कारोबारको दिन बिहीबार धितोपत्र बजारमा गिरावट आएको छ। आज बजार २० अंकले घटेको छ। बुधबार सामान्य बढेको परिसूचक आजको कारोबारमा १९.९७ अंकले घटेको हो।
समूहगत परिसूचकमा पनि आज १३ ओटै कम्पनीको परिसूचक सेयर मूल्य घटेको छ। आजको कारोबार पश्चात बजार २३५६.२० अंकमा ओर्लिएको छ।
साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ०.८४ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.९५ प्रतिशत अर्थात ४.३२ अंकले घटेर ४५० दशमलव २४ अंकमा ओर्लिएको छ ।
२० अंकले बजार घट्दा आज कारोबार भएका २ सय २६ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँ बराबरको ४५ लाख ४७ हजार ५ सय २० कित्ता सेयर २८ हजार ९ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
सबैभन्दा बढी विकास बैंक समूहको सेयर मूल्य घटेको छ। विकास बैंक समूह आज १.७७ प्रतिशतले घटेको छ।आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त,राधि विद्युत कम्पनी , माउन्टेन इनर्जी नेपाल, नबिल व्यालेन्स्ड फण्ड, मानुषी लघुवित्त लगायतका कम्पनी रहेका छन् ।
जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ ।आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा हिमालयन पावर, मल्टिप्रपोज फाइनान्स, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो, महुली लघुवित्त तथा सामुदायिक लघुवित्त रहेका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १६:०२