काठमाडौं– बेन स्टोक्स इंग्ल्याण्डको नयाँ टेस्ट कप्तान चुनिएका छन् । अघिल्लो महिना नियमित कप्तान जो रुटले कप्तानबाट राजिनामा दिए इंग्ल्याण्डले ८१ औँ कप्तानका रूपमा विश्व क्रिकेटका स्टार अलराउन्डर बेन स्टोक्स चुनिएका हुन् ।
अहिले उपकप्तानको जिम्मेवारीमा रहेका स्टोक्सले इंग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा समेत कप्तानी गरिसकेका छन् । उनले सन् २०२० मा कोरोना महामारीपछि पहिलो पटक भएको अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिज विरुद्धको तीन टेस्टको सिरिज अन्तर्गतक पहिलो टेष्टमा कप्तानीको जिम्मेवारी सम्मालेका थिए । त्यति खेर नियमित कप्तान रुट दोस्रो सन्तान जन्मेका कारण टेस्ट खेलेका थिएन जसको कारण स्टोक्सले कप्तानी गर्ने मौका पाएका थिए ।
स्टोक्ससँग सिमित ओभरको क्रिकेटमा समेत नेतृत्व गरेको अनुभव रहेकको छ । उनले गत वर्ष पाकिस्तान विरुद्धको एक दिवसिए र टि–२० क्रिकेट सिरिजमा इंग्लिस टोलीको कप्तानी सम्मालेका थिए । त्यति खेर पहिलो रोजाईको टोलीमा कोरोना संक्रमण देखिए पछि उनलाई कप्तानको जिम्मेवारी दिइएको थियो । उक्त अवसरमा उनले कप्तानका रूपमा आफूले प्रमाणित समेत गरेका थिए । उक्त समय एक दिवसिए सिरिज क्लिनस्विप गर्न सफल भएको इंग्ल्याण्डले टि–२० सिरिज समेत इंग्लिस टोलीले जितेको थियो । त्यो सिरिजमा इंग्ल्यान्ड नौं जना अनक्याप्ड खेलाडी साथ उत्कृष्ट प्रदर्शन गरेको थियो ।
सन् २०१९ मा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जित्दा स्टोक्सको योगदान महत्वपूर्ण थियो । स्टोक्सले विश्व क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । तर टेस्टमा पछिल्लो समय इंग्ल्यान्डको स्तर खस्किदो हुँदा त्यसलाई माथि उकास्ने जिम्मेवारी उनको काँधमा हुनेछ ।
गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच खेलको एसेज सिरिजमा ४–० को हार र वेस्टइन्डिजमा मार्चमा तीन टेस्ट सिरिज १–० ले गुमाएपछि इंग्लिस टोलीको व्यापक आलोचना भइरहेको छ । जसका कारण रुटले कप्तानी छाडेका थिए । इंग्ल्यान्डले अव जुन पहिलो साता न्युजिल्यान्डसँग तीन टेस्ट सिरिज खेल खेल्नेछ । त्यो टेस्टबाट स्टोक्सले नियमित कप्तानको रूपमा पहिलो खेल हुने छ । पहिलो टेस्ट २ जुनमा लर्ड्समा सुरुहुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ ०८:०७