काठमाडौं–सुनको मूल्य शुक्रबार प्रतितोला १ हजार २०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रूपैयाँ निर्धारण भएको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । बिहीबार १ हजार ३२० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १२:३४