काठमाडौं– विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउड फिल्म हो ‘अवतार’ । यस फिल्मलाई आगामी दशैं छेकोमा नेपालसहित विश्व बजारमा पुनः प्रदर्शन गर्न गर्न लागेको हो । डिज्ने स्टुडियोले असोज ७ गते (२३ सेप्टेम्बर) फिल्मलाई पुनप्रदर्शन गर्न लागेको हो ।
डिज्नेको अफिसियल नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले फिल्मलाई नेपालमा पुनप्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
भारतसहितका मुलुकमा पनि सोही मितिमा ‘अवतार’ पुनः प्रदर्शन तयारी छ । पुस १ गते दोस्रो सिक्वेल रिलिज हुने भएसँगै दर्शकलाई पहिलो भाग देखाउने उद्देश्यले पुनः प्रदर्शन गर्न लागिएको हो ।
अहिलेसम्म ओटीटीमा समेत रिलिज नभएकाले १३ वर्षयताको पुस्ताले ‘अवतार’ हेर्न पाएको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १२:५५