काठमाडौं– नवलपरासी (पूर्व), गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीय शुशिल पौडेलको बिहीबार दिउँसो मृत्यु भएको छ ।
नुहाउन गएको अवस्थामा पौडेल डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले डुबिरहेको अवस्थामा फेला पारी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उनको उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सिरहा– लहान नगरपालिका–१९ कटाहा बस्ने रामसेवक सदायकी छोरी ४ वर्षीया सन्तोषी सदायको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै आमासँग पोखरीमा नुहाउने क्रममा डुबेर असक्त भएकी उनको शिद्धलक्ष्मी हेल्थ केयर लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १४:४८