सप्तरी– जंगली हात्तीको आक्रमणमा परी ५५ वषीय एक महिलाको मृत्यु भएको छ ।
अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर सुकुमबासी टोल बस्ने कृष्ण माया नेपालीको सोही गाउँपालिका–१ जन्डोल सिमरा चाप सामुदायिक जंगलमा जंगली हात्तीको आक्रमणमा परी शुक्रबार बिहान मृत्यु भएको छ ।
दाउरा काट्न गएको अवस्थामा हात्तीको आक्रमणबाट उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १५:३५