काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बिहीबार सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
लक्ष्मीपुरका वर्तमान मेयर राम वलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १६:२१