काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले भैरहवामा अवस्थित आँगन रेष्टुरेन्टमा विशेष छुट हुने भएको छ ।
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी बैंकले भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरसँग सहकार्य गर्ने सम्बन्धमा समझदारी गरी विशेष छुट दिने भएको हो ।
उक्त सम्झौतापश्चात बैंकका अनुसार डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न हुनेछ ।
साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १९:०६