काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)ले कास्कीको पावरहाउस चोकस्थित नयाँ शाखा स्थापना गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोकस्थित शुक्रबार एक समारोहकाबीचमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन गरी बिओके बैंकले नयाँ शाखा स्थापना गरेको हो ।
उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।
गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको उनले बताए । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंकलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग व्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जनाए ।
अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १९:१९