काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । मकवानपुरगढीमा पर्यटकिय स्थलको रुपमा फस्टाउँदै गएका कारण होटेल गढीले फाइनान्ससँग जिप लाईनमा ३०प्रतिशत र फुड र बेभरेजमा १०प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।
यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सराफले बताएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालिका तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेको हुन् ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५प्रतिशत , र बचत निक्षेपमा अधित्तम १०प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १५:१३