काठमाडौं - इन्टरनेट सेवा प्रदायक संघले वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसमा सहभागी नहुने बताएको छ । नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकह?ले यस वर्षको सूचना तथा संचार प्रविधि दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने बुधबार बसेको कार्यकारी समितिको बैठकका अनुसार बहिस्कार गर्ने निर्णय गरेको हो ।
इन्टरनेट सेवा प्रदायकहरु अतः हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससंग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएको जनाएको छ ।यस वर्षको यस दिवसलाई सकारातमक रुपमा नलिएको संघले बताए ।
विगतदेखी हालसम्मका कुनै पनि सरकारले सूचना र संचार प्रविधिको लागि आवश्यक वातावरण नबनाई, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा, कार्यक्रमको नाममा देखावटी कामहरु मात्रै गर्दै गरेको व्यवसायले आरोप लगाएका छन् ।
अत्यावश्यक इन्टरनेट सेवा, मानव अधिकार भित्र पर्ने इन्टरनेट बन्द गर्ने, नीजि क्षेत्रको अस्तित्व तथा लगानीलाई सिध्याउन खोज्ने प्रवृतिको बिरोध गर्दै अहिले चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १६:०८