काठमाडाैं - अबैध हातहतियारसहित चार जना पक्राउ परेका छन् । जिल्ला रुपन्देही देवदह नगरपालिका वडा न. ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायीक बनभित्र भरुवा बन्दुकसहित मानिसहरु हिडेको भन्ने गोप्य सुचनाको आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
देवदह नगरपालिका कार्यालयकाे मातहत वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रुपन्देही देवदह नगरपालिका वडा न. ६ भलुही स्थित उजेरी पाल्पाली सामुदायीक बन भित्र भरुवा बन्दुक बोकी हिडेका जिल्ला रुपन्देही देवदह न.पा. ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना , ऐ.ऐ.बस्ने ४६वर्षीय कृष्ण बहादुर कामु, बस्ने ४९वर्षीय सुनबहादुर आले र बस्ने ३६वर्षीय चेत बहादुर दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुकाे साथबाट ७ नाल भरुवा बन्दुक, ऐ.मा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कुसहित फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । नीजहरुलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट जरुरी पक्राउ पुर्जी अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएकाे छ ।