काठमाडाैं - म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको छ । शनिबार राति भएकाे प्रिमियर लिग खेलमा म्यानचेष्टरले लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको हाे ।
यस जितसँगै सिटी पाँच घण्टापछि नै अंक तालिकामा शीर्ष स्थानमा फर्केको छ । शनिबारकै खेलमा न्युकासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो ।
तर लिड्समाथि सहज जितपछि सिटीले शीर्ष स्थानमा फेरि लिभरपुलमाथि एक अंकको अग्रता बनाएको छ । दुवै टिमको जितले उपाधि होड समेत रोमाञ्चक बनेको छ । ३४ खेलपछि सिटीको ८३ अंक छ ।
लिभरपुल भने ८२ अंकसहित दोस्रो स्थानमा छ । लिड्सको मैदान एलान रोडमा भएको खेलमा सिटीका लागि रोड्रीले १३औं, नाथन एकेले ५४औं, गाब्रीएल जेससले ७८औं र फर्नान्डिन्होले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १९:३५