काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समिति संयोजकमा डा.सञ्जीव सापकोटा मनोनीत भएका छन् । एनआरएनएको शनिबार बसेको ८५ औं बैठकले डा.सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।
ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा. सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्यांक संकलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन् ।
उनीसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्यांक विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १०:१५