काठमाडौं– नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राजु अर्याललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उनीहरूलाई महानिरीक्षकमा पदोन्नति गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १२:५६