काठमाडौं– हलिउड स्टार एन्जिलिना जोली युक्रेन पुगेकी छन् । उनी संयुक्त राष्ट्रसंघ कि सदभावना दूतको रुपमा युक्रेन पुगेकी हुन् ।
एन्जिलिनाले युक्रेनको लिभिभमा पुगेर द्वन्द पीडित परिवार र बालबालिकसँग भेट गरेकी छिन् ।
यस्तै एन्जिलिनाले कर्माट्रोस्क ट्रेन स्टेशनमा भएको बम विस्फोटनमा परी घाइते भएकाहरुसँग पनि भेट गरेकी छन् ।
एन्जिलिना रुस–युक्रेन युद्धको सुरुवात देखीनै युक्रेनको पक्षमा रहेकी छन् ।
उनले गत फेब्रुअरीमै सामाजिक सञ्जालमार्फत संसारका अन्य व्यक्तीहरु जस्तै आफू पनि युक्रेनका वासिन्दाहरुको लागि प्राथना गरिरहेको बताएकी थिइन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १३:४५