काठमाडाैं - भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल अवरुद्ध भएकाे छ । भारी वर्षा भएका कारण मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४-३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदै खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो । फेरि खेलको पहिलो ओभरमै कुशल भुर्तेलले क्याच आउट गरेका थिए ।
अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा पाँचौं ओभरमा आउट गरेका थिए । हिजो भएको पहिलो खेलमा यसअघि नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो ।
नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८-५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १७:१९