काठमाडाैं - पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे ।
महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १०:५६