भक्तपुर– आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
उनलाई उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ११:११