काठमाडौं– सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
सोमबार सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ११:१९