काठमाडाैं - हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ,नेप्सेमा सूचीकृत भएको छ । सोमबार हिमालयन जनरलको सात लाख ३१ हजार ७२४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६।६५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीृकत भएको हो । यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था ९क्ःब्त्ब्० को पनि ५ लाख ७१ हजार २४०।३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । दुबै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने नेप्सेले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १२:१७